
बाग्लुङ, १२ कात्तिक । जहाँ इच्छा, त्यहाँ उपाय । बागलुङ नगरपालका–८ सिगानाका एक शिक्षकले शिक्षण पेशासँगै व्यावसायिक बाख्रापालनका लागि उदाहरणीय बनेका छन् ।
स्थानीय भगवती आधारभूत विद्यालयका प्रधानाध्यापक भद्रबहादुर कार्की शिक्षण पेशामा लागेको २३ वर्ष भयो तर उनी अहिलेसम्म अस्थायी छन् । कार्कीले व्यावसायिक खेतीका लागि सन्देश दिन एक वर्ष अघिदेखि बाख्रा फर्म सञ्चालन गरेका छन् । उनी बिहान र बेलुकाको समयमा बाख्रा चराउने र डाले घाँस काट्ने गर्छन । दिउँसो उनकी श्रीमती लक्ष्मी कार्कीले सघाउछिन् उनलाई ।
यसरी अतिरिक्त व्यवसाय गर्दा शारिरिक तथा मानसिक रुपमा सन्तुष्टि समेत मिलेको शिक्षक कार्कीको अनुभव छ । उनले बाख्रापालनका लागि पाँच रोपनीभन्दा बढी क्षेत्रफलमा निमारो, राई खनियो, दुदिलो, बेडुलोलगायतका डाँले घासको खेती समेत गरेका छन् ।
शिक्षक कार्कीको लक्ष्मी कृषि फर्ममा हाल खरी क्रस बोयर जातका ३५ बाख्रा बोका छन् । कार्कीले खरिजातलाई विस्तारै हटाएर बोयर जातको बाख्रा पाल्ने योजना अनुसार लगानी समेत बढाउँदै लगेका छन् । बाख्रा पालनका लागि गोठमा भएको भैसी र गोरु बेचेर खोर निर्माण गरेका कागरिसेकेको बताउछन् ।
शिक्षण पेशामा अस्थायी भएका कारण अवकाश हुँदा आर्थिक रुपमा केही नहुने भएपछि वैकल्पिक पेसा अगाँल्न थालेको उनको भनाइ छ । बोयर जातको स्वादिष्ट मासु र धेरै हुने भएकाले यसप्रति धेरैको आर्कषण छ ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



