पाँच दिनको बिदापछि बैंक तथा वित्तिय संस्था खुले

-



     सफल आवाज    
     कार्तिक १२ गते २०७७ मा प्रकाशित



काठमाडौं, १२ कात्तिक । दशैंमा पाँच दिन बन्द भएका बैंक तथा वित्तिय संस्थाहरु आजबाट खुलेका छन् ।कात्तिक ७ गतेदेखि ११ गतेसम्म बैंक तथा वित्तय संस्थाहरु बन्द भएका थिए । पाँच दिनको बिदापछि बैंक तथा वित्तिय क्षेत्रका कार्यालयहरु खुलेपछि सेवाग्राहीको चाप हुने भएको छ ।

कोरोना भाइरसको संक्रमणको जोखिमको कारण बैंक तथा वित्तिय संस्थाहरुले यो पटक दशैंमा काउन्टर सेवा बन्द गरेका थिए । उसो त बैंकका कर्मचारीलाइ पनि संक्रमण भएको कारण जोखिम बढेको थियो । बैंकर्स संघका अनुसार बैंक तथा वित्तिय संस्थाहरुका ३ हजार ७ सय बढी कर्मचारीलाई काेराेना संक्रमण भएको छ ।

बैंक तथा वित्तिय संस्थाका कार्यालयमा दशैंमा सेवा बन्द भएपनि डिजिटल बैंकिङ, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र एटिएम सेवा भने सञ्चालनमा रहेका थिए ।