सोयाबिन उद्योगमा आगलागी,चार करोडकाे क्षति

-



     सफल आवाज    
     कार्तिक १२ गते २०७७ मा प्रकाशित



टीकापुर, १२ कात्तिक । कैलालीको टीकापुर नगरपालिका–३ शंकरपुरस्थित सोयाबिन उद्योगमा आज बिहान आगलागी भएको छ । बलायर सोयाबिन उद्योगमा भएको आगलागीबाट करीब रु चार करोड क्षति भएको बताइइकाे छ ।

विद्युत् चुहिएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार गत वर्ष स्थापित उद्योगमा आगलागी हुँदा कारखानाका संरचना र गोदाममा क्षति पुगेको सञ्चालक मनीष बलायरले जानकारी दिए ।

आगलागी भएकाे थाहा पाएपछि गएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र टीकापुर नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएकाे प्रहरीले बताएकाे छ ।फाेटाे:सांकेतिक