शिव श्री हाइड्रो पावरको शेयर काराेबार आजदेखि खुला

-



     सफल आवाज    
     कार्तिक १२ गते २०७७ मा प्रकाशित



काठमाडाैं, १२ कात्तिक । शिव श्री हाइड्रोपावरको शेयर काराेबार आजदेखि खुला गरिएको छ । नेपाल स्टक एक्सचेन्जले पहिलो कारोबारको लागि १०० देखि ३०० रुपायौसम्मको ओपन रेञ्ज दिएको छ । कम्पनीको एक वर्षपछि आइपीओ सूचिकृत भएर आजबाट कारोबार खुला गरिएको हो । आइपीओ कात्तिक ७ मा सूचिकृत भएको थियो ।

हाईड्रोपावरले गएको असोज १६ गते सर्वसाधारणको लागि ३३ करोड ५१ लाख १४ हजार रुपैयाँ बराबरको ३३ लाख ५१ हजार १४० कित्ता आइपीओ बिक्री खुलाएको थियो । सो आइपिओ सहित १ करोड ४७ लाख ६४ हजार कित्ता शेयर नेप्सेमा सूचिकरण भएको छ ।