नेप्से परिसूचक ४१.२० अंकले बढ्यो, २ अर्ब ७२ करोड कारोबार

-



     सफल आवाज    
     कार्तिक १२ गते २०७७ मा प्रकाशित



काठमाडौं, १२ कात्तिक । आज शेयर बजार खुलेपछि नेप्से परिसूचक ४१.२० अंकले बढेर १६४७.४५ विन्दुमा पुगेको छ । शेयर बजार समग्रमा २.५७ प्रतिशतले बढेको हो ।

१८८ कम्पनीको २ अर्ब ७२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै ९३ लाख २२ हजार कित्ता बढीको कारोबार भएको छ । नेप्सेका अनुसार व्यापारिक बाहेक अरु सबै समूहका सूचक बढेका छन् । जीवन बीमा समूह सबैभन्दा बढी ११०.६८ अंकले वृद्धि भएको छ । वाणिज्य बैंक समूह ५५.१५ अंकले माथि उक्लिएको छ ।

दशैंको पाँच दिन बिदापछि आज खुलेको शेयर बजारले लागनीकर्ताहरुमा उत्साह थपिदिएको छ । नेप्से परिसूचक आकर्षक ढंगले बढेपछि उत्साह थपिएको हो । वाणिज्य बैंकहरुले शेयर बजारलाई नेतृत्व गरेको देखिएको छ । यही समूहको सूचकले शेयर बजारमा अग्रता लिएको देखिएको छ । यसका साथै अन्य समूह पनि माथि उक्लिएका छन् ।