माेटरसाइकल दुर्घटनामा मृत्यु

-



     सफल आवाज    
     कार्तिक १५ गते २०७७ मा प्रकाशित




पाेखरा, १५ कात्तिक । तानसेन-तम्घास सडकखण्डअन्तर्गत पाल्पाकाे सिरूबारीमा माेटरसाइकल दुर्घटनामा परी एक जनाकाे मृत्यु भएकाे छ । दुर्घटनामा अर्का एक जना घाइते छन्।

दुर्घटनामा ज्यान गुमाउनेमा तानसेन नगरपालिका १४, कुसेनी घर भई हाल उच्च अदालत बुटवलमा खरिदार पदमा कार्यरत हरिप्रसाद ज्ञवाली हुन् । घाइते हुनेमा उनका अाफन्त गुल्मी घर भई भैरहवा निवासी ४३ वर्षीय अनिल ज्ञवाली हुन् ।

बुटवलबाट रिडीतर्फ जाँदै गरेकाे लु १९ प ८१७५ नम्बरकाे माेटरसाइकल तानसेन नगरपालिका १४ सिरूबारीमा शनिबार बिहान करिब ११ बजे दुर्घटनामा परेकाे हाे । दुर्घटनामा घाइते दुबैकाे उपचारार्थ अस्पताल लैजाँदै गर्दा हरिप्रसाद ज्ञवालीकाे बाटैमा मृत्युु भएकाे बताइएकाे छ। अर्का घाइते लुम्बिनी मेडिकल कलेजमा सामान्य उपचारपछि डिस्चार्ज भैसकेका छन्। उनीहरू अाफन्तकाे मृत्युमा भेटी लिएर जाँदै गरेकाे मृतकका अाफन्त दीपक अाचार्यले बताए। मृतकका अामा, श्रीमती र ३ छाेरा छन्।

दुर्घटनाका प्रत्यक्षदर्शी सडक मजदुर शान्ति सिंजाली मगरका अनुसार विपरीत दिशाबाट अर्काे जिप अाइरहेकाे र साँघुराे सडकका माेटरसाइकल एक्कासी पल्टिँदा साे दुर्घटना भएकाे थियाे । दुबै जनाले हेल्मेट लगाएकाे भएपनि चालककाे टाउकाेका गहिराे चाेट लागेकाे थियाे ।