अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल,सचिवालय बैठक बाेलाउन प्रचण्डकाे माग

-



     सफल आवाज    
     कार्तिक १५ गते २०७७ मा प्रकाशित



कठमाडौं, १५ कात्तिक । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच आज बालुवाटारमा छलफल भएको छ । पार्टीभित्रको आन्तरिक विवादलाई समाधान गर्नका लागि छलफल गर्न अध्यक्ष प्रचण्ड बालुवाटार गएका थिए ।

दुबै अध्यक्षबीच सचिवालय बैठकका बारेमा छलफल भएको छ । पार्टीभित्रको विवाद समाधानका लागि प्रचण्डले जतिसक्यो छिटो सचिवालय बैठक बोलाउन माग गर्दै सचिवालय बैठकबाटै सबै समस्या समाधान गर्नुपर्ने बताएका छन् ।

नेकपा श्रोतका अनुसार अध्यक्षहरुबीच पार्टी सञ्चालन, कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण, कर्णाली प्रदेशको समस्या, भारतीय खुफिया एजेन्सि रिसर्च एण्ड एनालाईसिस् (रअ)का प्रमुख सामन्तकुमार गोयलसंगको भेट तथा पर्सामा मुकेश चौरसियाको मृत्यु लगायतका विषयमा कुरा भएको छ ।

विवाद कायम रहेका विषयका बारेमा सचिवालय बैठकमा छलफल गर्ने प्रचण्डले माग गरेका र बैठक बोलाउन अध्यक्ष ओली सकारात्मक भएको बताईएको छ । तर अध्यक्ष ओलीले बैठक आवश्यक्ता अनुसार बोलाउने वा के गर्ने टुंगो लगाएका छैनन् । झण्डै दुई हप्तापछि दुबै अध्यक्षबीच आज भेट भएको हो