शिव श्री हाइड्रोकाे बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल

-



     सफल आवाज    
     कार्तिक १६ गते २०७७ मा प्रकाशित



काठमाडौं, १६ कात्तिक । सिद्धार्थ क्यापिटल शिव श्री हाइड्रो पावरको बिक्री प्रबन्धक नियुक्त भएको छ । अब शिव श्री हाइड्रो पावरको शेयर रजिष्टारको काम सिद्धार्थबाट हुने भएको छ । शेयर कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी तथा शेयर अद्यावधिक गर्ने सबै काम सिद्धार्थ क्पापिटलले गर्नेछ ।

शिव श्री हाईड्रो पावरले असोज १६ मा आइपिओ खुलाएको थियो । कात्तिक १५ सम्म सर्वसाधारणको लागि ३३ करोड ५१ लख १४ हजार रुपैयाँ बराबरको ३३ लाख ५१ हजार १४० कित्ता आइपिओ बिक्री खुला गरेको थिष्यो ।