नेप्से ४.७२ अंकले घट्यो,कारोबार ३ अर्ब नजिक

-



     सफल आवाज    
     कार्तिक १६ गते २०७७ मा प्रकाशित



काठमाडौं, १६ कात्तिक । याे हप्ताकाे पहिलाे दिन आज नेप्से ४.७२ अंकले घटेकाे छ । दशैंकाे बिदा सकिएपछि खुलेको शेयर बजारमा पहिलो दिनमै नेप्से ४१ अंकले वृद्धि भएको थियो । त्यसपछि बिहिबार १.७८ अंकले घटेको थियाे । आज ४.७२ अंकले घटेर नेप्से १६४०.९६ विन्दुमा आएको छ ।

आज शेयर बजारको कारोबार झण्डै ३ अर्ब रुपैयाँ नजिक पुगेको छ । १९६ वटा कम्पनीको १ करोड ६ लाख २६ हजार ५१४ कित्ता शेयर २ अर्ब ९३ करोड ९ लाख ३९ हजार रुपैयाँमा खरिद बिक्री भएको हाे ।

कारोबार भएका १२ वटा उपसमूहमध्ये ५ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ । ७ वटाको सूचक नकारात्मक देखिएको छ । आज व्यापार उपसमूहको सूचकले अग्रता लिएको छ । सूचक २.२ प्रतिशतले बढेको छ । हाईड्रो तथा माइक्रो फाइनान्स उपसमूहको सूचक १ प्रतिशत बढीले वृद्धि भएको छ ।