दीपावली अघि इदी-मर्दी हाईड्रोको सर्वसाधारणका लागि शेयर निष्काशन हुँदै

-



     सफल आवाज    
     कार्तिक १८ गते २०७७ मा प्रकाशित



कास्की, १८ कात्तिक । यूनाइटेड इदी मर्दी एण्ड हाइड्रो पावरले दीपावली अघि सर्वसाधारणको लागि आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियको लागि आइपिओ निष्काशन गरिसकेको छ । अब दीपावली अगाडी सर्वसाधारणको लागि आइपिओ निष्काशन गर्न लागेको हो ।

बिक्री प्रबन्धक रहेको ग्लोबल आईएमई क्यापिटलबाट सोमबार स्थानियका लागि शेयर बाँडिएको छ । ४ लाख २० हजार कित्ता निष्काशन गरिएकोमा १ लाख ७६ हजार ९० कित्ताका लागि आवेदन परेको थियो । माग बमोजिमको आवेदन नपरेपछि आवेदकले मागे अनुसार उनिहरुले शेयर पाएका छन् ।

कम्पनीका सचिव निरज पौडेलले स्थानियका लागि छुट्याईएको बाँकी बिक्री नभएको शेयरलाई पनि जोडेर सर्वसाधारणको लागि निष्काशन गरिने बताएका छन् । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई स्थानिय र सर्वसाधारणको लागि १० लाख कित्ता शेयर निष्काशन गर्नका लागि अनुमति प्रदान गरेको थियो । कम्पनीले सर्वसाधारणको लागि ८ लाख ७३ हजार ९१० कित्ता शेयर निष्काशन गर्ने भएको छ ।