पूर्व सभामुख महरापत्नीको निधन

-



     सफल आवाज    
     कार्तिक १९ गते २०७७ मा प्रकाशित



काठमाडौं, १९ कात्तिक । पूर्व सभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा बुधबार बिहान ६ः२५ बजे उनको निधन भएको परिवारजनले जनाएको छ ।

उनी माइस्थेनिया रोगबाट १० वर्षदेखि पीडित थिइन् । पछिल्लो समय स्वास्थ्यमा समस्या देखिएपछि गत कात्तिक १४ मा हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिकमा भर्ना गरिएको थियो । शरीरमा अक्सिजनको मात्रा एक्कासी घटेपछि र निमोनिया समेत देखिएको थियो ।

उपचारका क्रममा नर्भिक अस्पतालमा पीसीआर टेष्ट गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो । गत कात्तिक १५ देखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै अन्ततः निधन भएको हो ।