नेप्से २.३९ अंकले घट्यो, १ अर्ब ७५ करोड बढीकाे कारोबार

-



     सफल आवाज    
     कार्तिक १९ गते २०७७ मा प्रकाशित



काठमाडौं, १९ कात्तिक । नेप्से परिसूचक आज घटेको छ । नेप्से २.३९ अंकले घटेर १६४०.६४ विन्दुमा रोकिएको छ । जम्मा २०१ कम्पनीको १ अर्ब ७५ करोड रुपैयाँ बढीको कारोेबार भएको छ ।

आज १२ समूहको कारोबार भएको छ । उनिहरुमध्ये ५ समूहको सूचक बढेको छ । बाँकि तल झरेका छन् । सबैभन्दा बढी व्यापारिक समूह २५.३१ अंकले बृद्धि भएको छ ।

आज वाणिज्य बैंक समूहमा ३.०४ अंकले बृद्धि देखिएको छ । विशाल बजार र सानिमा जनरल इन्स्योरेन्सको शेयर मूल्य बढेको छ । खरिद बिक्री रकममा प्राइम बैंकको अग्रता देखिएको छ । ९ करोड बढीको कारोबार भएको छ ।