पहिरोमा पुरिँदा ५ जना मजदुरको मृत्यु

-



     सफल आवाज    
     कार्तिक १९ गते २०७७ मा प्रकाशित


सांकेतिक तस्वीर ।


पोखरा, १९ कात्तिक । कालीगण्डकी करिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बुलिङ्गटारमा बुधबार साँझ सुख्खा पहिरो खस्दा ५ जना मजदुरको मृत्यु भएको छ । पहिरोमा परी २ जना घाइते छन् ।

बुलिङटार सडकखण्डमा ग्याबिनमा ढुंगा भरिरहेको अवस्थामा माथिबाट खसेको पहिरोमा पुरिँदा बुलिङ्गटार ४ निवासी २८ वर्षीय तुलबहादुर सारु, २० वर्षीय गोपाल गर्जामगर, ४२ वर्षीय सुनबहादुर पुलामीमगर, २० वर्षीय ताराबहादुर लंगेलीमगर र २० वर्षीय चेतबहादुर अस्लामी मगरको मृत्यु भएको हो ।

घाइते २० वर्षीय केवलसिं लुंगेलीमगर र २१ वर्षीय कृष्ण लुंगेलीलाई उद्धार गरी भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।