आरम्भ चौतारीको नाफामा झिनो सुधार, खराब कर्जा घटाउन सकेन

-



     सफल आवाज    
     कार्तिक २० गते २०७७ मा प्रकाशित



काठमाडौं, २० कात्तिक । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड २९ लाख ७६ हजार रुपैयाँ कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा झिनो वृद्धि हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा यस संस्थाले १ करोड २३ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी बढेपनि लघुवित्तको खर्च र निष्क्रिय कर्जा बढेका कारण खुद नाफामा केही दबाब पुगेको देखिएको छ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २ करोड ४ लाख ८१ हजार रुपैयाँ बढेर ५ करोड ६३ लाख २० हजार रुपैयाँ पुगेको छ। खुद ब्याज आम्दानी ५७ प्रतिशत बढेपनि लघुवित्तको सञ्चालन मुनाफा समीक्षा अवधिमा ४।८८ प्रतिशत मात्र बढेको छ।

गत आवको पहिलो त्रैमाससम्ममा १ करोड ९४ लाख ४२ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको यस लघुवित्तले चालु आवको सोही अवधिसम्ममा २ करोड ३ लाख ९१ हजार रुपैयाँ मात्र यस्तो नाफा कमाउन सफल भएको छ । यस अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ०.६० प्रतिशतबाट बढेर १.९१ प्रतिशत पुगेको छ।