सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

-



     सफल आवाज    
     कार्तिक २० गते २०७७ मा प्रकाशित



काठमाडौं, २० कात्तिक । सुनको मूल्य आज घटेको छ । प्रतितोला १ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार २०० मा कारोबार भएको छ ।

तेजाबी सुन प्रतितोला ९५ हजार ७०० रुपैयाँमा मा कारोबार भएको छ । वुधबार सुन प्रतितोला ९०० रुपैयाँले बढेको थियो । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार २१० मा कारोबार भएको महासंघले जनाएकाे छ ।