बैंक अफ काठमाण्डूको साधारण सभा मंंसिर १५ गते बाेलाईयाे, लाभांश कति ?

-



     सफल आवाज    
     कार्तिक २० गते २०७७ मा प्रकाशित



काठमाडौं, २० कात्तिक । बैंक अफ काठमाण्डूको साधारण सभा मंंसिर १५ गते बाेलाईएकाे छ ।आज बसेको बैंक संचालक समितिको बैठकले बैंकको साधारण सभा तथा बुक क्लोज गर्ने मिति तय गरेकाे हाे ।

बैंकको साधारण सभा कमलपोखरीस्थित प्रधान कार्यालयमा भर्चुअल माध्यमबाट हुने भएको छ । यसका लागि बैंकले कात्तिक २८ गतेदेखि बुक क्लोज गर्ने बताएको छ । शेयरधनीहरुले कात्तिक २७ गतेसम्म लाभांश सुरक्षित गर्न सक्नेछन् ।

सभाको मुख्य एजेण्डा १६ प्रतिशत लाभांस वितरण गर्ने रहेको छ । आर्थिक वर्ष २०७६/२०७७ को नाफाबाट १३ प्रतिशत बोनस तथा कर सहित ३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । बैंकले १ अर्ब ३६ करोड ७६ लाख ९५ हजार ६३६ रुपैयाँ बराबरको बोनस वितरण गर्ने बताईएको छ । साथै २५ करोड ६४ लाख ६ हजार ६६२ रुपैयाँ नगद लाभांंश वितरण गर्नेछ ।

बैंकको नगद लाभांश वितरण नेपाल राष्ट्र बैंक र साधारण सभाले पारित गरेपछि मात्रै हुनेछ । बोनस वितरण गरेपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ९१ करोड ४५ लाख ८२ हजार ६३६ पुग्नेछ ।