
पोखरा, २० कात्तिक । नेपाल उद्योग बाणिज्य संघको ५४ औं महाधिवेशनमा बागलुङका व्यवसायी निर्माणकुमार श्रेष्ठ केन्द्रीय सदस्यमा उम्मेदवार बनेका छन् ।
श्रेष्ठ गण्डकी प्रदेशतर्फबाट केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएर चुनावी अभियानमा होमिएको बागलुङ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठलाई विजयी बनाउन संघका जिल्ला अध्यक्ष युवराज राजभण्डारीको संयोजकत्वमा चुनाव प्रचारप्रसारमा समिति गठन गरेको छ ।
दुई कार्यकाल नेपाल उद्योग बाणिज्य संघको केन्द्रीय सदस्यको महत्वपूर्ण भूमिका निर्वाह गरेका श्रेष्ठ यसपटक वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालको प्यानलबाट उम्मेदवार बनेका हुन् ।
वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले बागलुङ उद्योग बाणिज्य संघले आयोजना गरेको बागलुङ महोत्सवमै आफ्नो उम्मेदवार घोषणा गरेका थिए ।
महासंघको महाधिवेशन आगामी मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ ।






पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती…
काठमाडौं, १० मङ्सिर। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ… 



