रिलायन्स लाइफको लोभलाग्दो प्रगतिः करिब ९२ प्रतिशतले बढायो बीमा शुल्क

-



     सफल आवाज    
     कार्तिक २१ गते २०७७ मा प्रकाशित



काठमाडौं, २१ कात्तिक । नयाँ बीमा कम्पनी रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा राम्रो प्रगति गरेको छ । कम्पनीका अधिकांश सुचक सकारात्मक देखिएका छन् ।

कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा इन्स्योरेन्सले ४६ करोड ५२ लाख रुपैयाँ खुद बीमाशूल्क आर्जन गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा ९१।९८ प्रतिशत बढी हो। अघिल्लो आवको सोही अवधिमा इन्स्योरेन्सले २४ करोड २३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

२ अर्ब १० करोड रुपैयाँ चुक्तापूँजी रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा असोज मसान्तसम्ममा १७ करोड ३० लाख १३ हजार रुपैयाँ, जीवन बीमा कोषमा १ अर्ब ३९ करोड ५६ लाख रुपैयाँ र महाविपत्ती कोषमा १ करोड ९२ लाख २४ हजार रुपैयाँ सञ्चित छ। गत आवको सोही अवधिसम्ममा क्रमशः १ अर्ब ४७ करोड रुपैयाँ, ११ करोड १० लाख रुपैयाँ र ५६ करोड ५२ लाख रुपैयाँ सञ्चित थियो ।

खुद बीमाशुल्कसँगै इन्स्योरेन्सको खुद नाफामा पनि सुधार देखिएको छ। गत आवको पहिलो त्रैमाससम्ममा १ करोड ८५ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको यस इन्स्योरेन्सले चालु आवको सोही अवधिसम्ममा ३ करोड ७३ हजार रुपैयाँ यस्तो नाफा कमाएको छ ।