सल्यानमा जीप दुर्घटना, ३ जनाको मृत्यु

-



     सफल आवाज    
     कार्तिक २२ गते २०७७ मा प्रकाशित



सल्यान, २२ कात्तिक । तुल्सीपुरबाट रोल्पाको सुखाओढार जाँदै गरेको लु १ ज २९११ नम्बरको जीप सल्यानमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

शनिबार साँझ सल्यानको छत्रेश्वरी गाउँपालिका–४ दिवागघारीमा सो जीप दुर्घटना हुँदा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा गंगादेव गाउँपालिका–७ निवासी ३५ वर्षीय जीपचालक भिमबहादुर वली, सोही ठाउँका १७ वर्षीय भिमराज बुढा र गंगादेव गाउँपालिका–५ निवासी ६५ वर्षीय गजबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जीपमा सवार अन्य ५ जना भने सुकशल छन् ।

प्रहरी घटनास्थल पुगेर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।