जन्मदिनमा व्यवसायी कोइरालाद्वारा पुरस्कारका लागि अक्षयकोष घोषणा

-



     सफल आवाज    
     कार्तिक २२ गते २०७७ मा प्रकाशित



पोखरा, २२ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी अध्यक्ष सञ्जीवबहादुर कोइरालाले आफ्नो जन्मदिनमा पुरस्कारका लागि अक्षयकोष स्थापनाको घोषणा गरेका छन् ।

जन्मदिनलाई फजुल खर्च गरी मनाउनुभन्दा केही उपयोगी कार्य गर्ने हेतुले अक्षयकोष घोषणा गर्दै ‘उत्कृष्ट जिल्ला नगर उद्योग वाणिज्य संघ पुरस्कार’ दिने उनले बताए । जन्मदिनको अवसरमा निजी क्षेत्रकै लागि केही गरौँ भनी सो कार्य गरेको उनले प्रष्ट पारे ।

पोखरा उद्योग वाणिज्य संघ पूर्व अध्यक्षसमेत रहेका कोइरालाले २०६९ सालदेखि संघका गतिविधिमा सरिक हुँदा भत्ताबापत् प्राप्त करिब २ लाख रुपैयाँसहित ५ लाखसम्मको अक्षयकोष बनाउने बताए ।

उनले महासंघ गण्डकीअन्तर्गत संचालन हुने सो अक्षयकोषबाट प्राप्त व्याजमार्फत् गण्डकी प्रदेशभित्रका उत्कृष्ट उद्योग वाणिज्य संघलाई पुरस्कृत गरिने बताए ।