
काठमाडौं, २२ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले आफ्ना निम्ति कुनै काम नगरेको दावी गरेका छन् । उनले आफू पद जोगाउनका लागि मरिहत्ते समेत नगरेको दावी गरे ।
एपीवान टेलिभिजनसँगको आज शनिबार राती ९ बजेको अन्तरवार्ताका क्रममा प्रधानमन्त्री ओलीले आफूले देश र जनताको हितका लागि काम गरिरहेको बताए । नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले निकै अप्ठेरो अवस्थामा पनि पार्टीलाई वलियो बनाएर आफूले लगेको बताए ।
आफू अस्थिरताको पक्षमा समेत नरहेको उनले बताए । पार्टीका केहि नेताहरुको अभिव्यक्तिले अस्थिरताको संदेश दिएका कारण उनले आफूले राजिनामा नदिने प्रष्टिकरण दिनु परेको बताए ।
उनले तत्कालका लागि मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना समेत नरहेको बताएका छन् ।
उनले स्वार्थको बाटो हिडेको कारण पनि पार्टीभित्र समस्या आएको बताए । सरकारका विरुद्ध कुप्रचार नगर्न समेत उनले पार्टीका नेतासँग आग्रह गरेका छन् ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



