२४ प्रतिशत लाभांश घोषणा गरेको शिवम सिमेन्टको साधारणसभा भोलि, के–के छन् एजेण्डा ?

-



     सफल आवाज    
     कार्तिक २३ गते २०७७ मा प्रकाशित



काठमाडौं, २३ कात्तिक । आकर्षक लाभांश घोषणा गरेको शिवम् सिमेन्ट्सले सोमबार कात्तिक २४ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले जुम मार्फत साधारण सभामा बोलाएको हो ।
कम्पनीले २४.२१ प्रतिशत नगद लाभांश पारित गर्ने प्रमुख एजेन्डा लैजाँदैछ ।

कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट समेत हुनेगरी २४।२१५ लाभांश वितरण गर्न लागेको छ । साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले कात्तिक १३ गते बुक क्लोज गरिसकेको छ। यसर्थ, कात्तिक १२ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गरेका छन् ।