अन्तर्राष्ट्रिय हवाई उडान सुरु गर्न सीसीएमसीकाे सिफारिस

-



     सफल आवाज    
     कार्तिक २३ गते २०७७ मा प्रकाशित



काठमाडौं, २३ कात्तिक । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले नियमित अन्तर्राष्ट्रिय हवाई उडान सुरु गर्न सिफारिस गरेको छ ।

सीसीएमसीकाे आइतबार बसेको बैठकले दक्षिण एसियालगायतका उपयुक्त गन्तव्यमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको प्रस्तावलाइ मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको हो ।

केबलकार सञ्चालन, जंगल सफारी, साहसिक पर्यटन लगायतका पर्यटन गतिविधि खुला गर्ने पनि सीसीएमसीको प्रस्ताव रहेकाे बताइएकाे छ ।

संक्रमणको पछिल्लो अवस्था हेरेर शैक्षिक संस्थाहरु खुला गर्ने वा नगर्ने  बिषयमा समेत छिटै निर्णय गरिने जानकारी दिइएकाे छ ।(तस्वीर :रासस)