राष्ट्र बैंकले आज १७ अर्बको ट्रेजरी बिल बिक्री गर्दै

-



     सफल आवाज    
     कार्तिक २४ गते २०७७ मा प्रकाशित



काठमाडौं, २४ कात्तिक । नेपाल राष्ट्र बैंकले आज रु १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकको निकालेकाे सूचनाअनुसार उक्त परिमाणको ट्रेजरी बिल बोलकबोल प्रक्रियाकाेे माध्यमबाट बिक्री गर्न लागिएको हो ।

बैंकले सबै परिमाणको ट्रेजरी बिल नवीकरण गर्न लागेको बताएकाे छ । त्यसमध्ये रु पाँच अर्ब बराबरको ट्रेजरी बिल भने २८ दिनका लागि बिक्री गरिनेछ । उक्त बिल आगामी मंसिर २३ गते परिपक्व हुनेछ । यस्तै रु १० करोड बराबरको ट्रेजरी बिल ९१ दिनका लागि बिक्री गरिदैछ । उक्त बिल आगामी माघ २७ गते परिपक्व हुनेछ ।

यस्तै रु १२ अर्ब बराबरको ट्रेजरी बिल भने १८२ दिनका लागि बिक्री गर्न लागिएको छ । उक्त ट्रेजरी बिल २०७८ साल वैशाख २८ गते परिपक्व हुनेछ । बैंकले कात्तिक १७ गते रु एक अर्ब ६६ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।