विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी शाक्यलाई

-


     सफल आवाज    
     कार्तिक २४ गते २०७७ मा प्रकाशित


काठमाडाैं, २४ कात्तिक । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी हितेन्द्रदेव शाक्यलाई दिइएकाे छ । उर्जा मन्त्रालयले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि शाक्यलाई निमित्त प्रमुख तोकेको बताइएकाे छ ।

शाक्य प्रसारणलाइनका जानकार मानिन्छन् । उनी २०७३ अघि अमेरिकी सहयोग कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) काे  परियोजनामा पनि सहभागी थिए ।

प्राधिकरणबाट कुलमान घिसिङ बाहिरएपछि शाक्यले प्राधिकरणको कार्यकारी निर्देशकमा आफ्नो दावेदारी समेत रहेको बताउदै आएका थिए । घिसिङको कार्यकाल सकिएसँगै रिक्त स्थानमा शाक्यले निमित्त प्रमुख पाएका छन् भने यही लाइनमा रहेका प्राधिकरणका उपकार्यकारी निर्देशक लेखराज कोइराला जिम्मेवारी पाउनबाट पछि परेका बताइएकाे छ ।