पोखरामा थप ४ जना संक्रमितको मृत्यु

-



     सफल आवाज    
     कार्तिक २४ गते २०७७ मा प्रकाशित



पोखरा, २४ कात्तिक । पोखरामा गएको २४ घण्टामा थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ ।

यो सहित गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ११ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ती जारी गरी जनाएको हो ।

पछिल्लो समय पोखरा–१७ का ७४ वर्षीय महिलाको गण्डकी मेडिकल कलेजमा मृत्यु भयो ।

यस्तै, पोखरा १० का ८६ वर्षीय पुरुषको फिस्टेल अस्पताल, गैह्रापाटनमा मृत्यु भएको छ ।

उता, पोखरा ११ का ६० वर्षीय संक्रमित पुरुषको गण्डकी मेडिकल कलेज तथा पोखराकै ८२ वर्षीया महिलाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाएको छ ।

साथै, गण्डकी प्रदेशमा पछिल्लो पटक १ सय ९७ संक्रमित थपिएका छन् । तीमध्ये पोखराका मात्रै १ सय ३० जना छन् । प्रदेशमा कुल संक्रमित संख्या ९ हजार ३ सय ५५ पुगेको छ ।