
काठमाडौं, २५ कात्तिक । कामना सेवा विकास बैंक लिमिटेड निकै अव्वल देखिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणले बैंकलाई अव्वल देखाएको हो ।
बैंकले नाफामात्रै १० गुणाले बढाउन सफल भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्मा १ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २० करोड १ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको छ।
जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.१७ गुणा बढी हो। बैंकको खुद ब्याज आम्दानी तथा सञ्चालन मुनाफा बढेसँगै गैर सञ्चालन आम्दानी उल्लेख्य बढेका कारण खुद नाफामा उल्लेख्य सुधार देखिएको हो ।
खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा २ रुपैयाँ ९४ पैसा रहेको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर ३१ रुपैयाँ ५१ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ६२ पैसा र मूल्य आम्दानी अनुपात ७।०८ गुणा कायम भएको छ ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २५ करोड १५ लाख रुपैयाँबाट बढेर ३८ करोड १५ लाख रुपैयाँ पुगेको छ। बैंकको सञ्चालन मुनाफा २ करोड ६२ लाख रुपैयाँबाट बढेर ८ करोड ४९ लाख रुपैयाँ पुगेको छ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



