
पाेखरा, २५ कात्तिक । कास्कीको अन्नपूर्ण गाँउपालिका वडा नं. ६ चन्द्रकोट स्थित संगम माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षकहरुलाई खेलकूद पोशाक (ट्रयाकसुट र टिसर्ट) वितरण गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवम् अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुवँरले निजी विद्यालयको तुलनामा सरकारी विद्यालयहरुमा प्रति विद्यार्थी राज्यको लगानी दशौं गुणा बढी रहेको भएपनि सो अनुरुप ग्रामिण भेकका अधिकांश विद्यालयहरुले गुणस्तरीय शिक्षा दिन नसकेको असन्तुष्टि व्यक्त गरे । उनले त्यसतर्फ शिक्षक, विद्यार्थी, विद्यालय प्रशासन, अविभावक लगायत सम्पूर्ण सरोकारवाला पक्षहरु गम्भीर हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रमका विशेष अतिथि एवम् अन्नपूर्ण गाउँपालिका शिक्षा ईकाइ प्रमुख बलराम भुगाँईले विद्यालयले विद्यार्थी संख्यामा भन्दा पनि गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने धारणा राखेका थिए । विद्यालयको शैक्षिक गुणस्तर उकास्नमा शिक्षकहरुको ठूलो भूमिका हुने भएकोले शिक्षकहरु थप जिम्मेवार हुनुपर्ने बताए ।
सोही अवसरमा स्व. धीर बहादुर गुरुङ्ग स्मृति अक्षयकोषबाट गत वर्षको एस.ई.ई. परिक्षामा सर्वोकृष्ट अंक हासिल गर्न सफल दुईजना विद्यार्थीहरुलाई जेहेन्दार छात्रवृत्ति समेत वितरण गरिएको छ । छात्रवृत्ति पाउनेहरुमा अन्नूर्णण–६, लुम्लेका अञ्जु देवकोटा र अन्नपूर्ण–७, ह्वाँडीका सीता भण्डारी रहेका छन् ।
नविन गुरुङ्गले पोशाक सौजन्यकर्ताहरुको साथै छात्रवृत्ति अक्षयकोष स्थापना गर्नुहुने भू.पू. जि.पं.स. स्व. धीर बहादुर गुरुङ्गको परिवारजन प्रति धन्यवाद ज्ञापन गर्दै विगतमा जस्तै अगामी दिनमा पनि मञ्चले विद्यालयको शैक्षिक गुणस्तर विकासका लागि विभिन्न कार्यक्रमहरु गर्दै जाने लक्ष्य राखेको बताए । पूर्व विद्यार्थी मञ्चका सचिव लक्ष्मीनारायण देवकोटाले सञ्चालन गरेको उक्त कार्यक्रममा पूर्व विद्यार्थी मञ्चका कार्यसमिति सदस्य एवम् अन्नपूर्ण गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष चित्र बहादुर गुरुङ्गले धन्यवाद मन्तव्य राखेका थिए ।

पूर्व विद्यार्थी मञ्चका आजिवन सदस्यहरु संगम मा.वि. चन्द्रकोटले संयोजन गरेको उक्त कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थीहरु अन्नपूर्ण–७, तान्चोक घर भई हाल युके निवासी चन्द्रमान गुरुङ्ग र अम्बले गुरुङ्ग, अन्नपूर्ण–७, ह्वाँडी घर भई हाल फिलिपिन्समा कार्यरत शंकरमान गुरुङ्ग र अन्नपूर्ण–७, तोमिजुङ्ग निवासी आश बहादुर गुरुङ्गले पोशाक सौजन्य गरेका थिए । आफैले अध्ययन गरेको विद्यालयका विद्यार्थी भाईबहिनीहरुलाई सहयोग गर्न पाएकोमा आश बहादुर गुरुङ्गले खुसी व्यक्त गरेका थिए ।
संगम माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जइ बहादुर गुरुङ्ग र विद्यालयका प्रधानाध्यापक टेकनाथ पोखरेलले टिसर्ट र ट्रयाकसूट सहयोगको लागि पूर्व विद्यार्थी मञ्च संगम मा.वि. चन्द्रकोट र सहयोगदाताहरुलाई विद्यार्थीहरु र विद्यालयको तर्फबाट धन्यवाद व्यक्त गरेका थिए ।






पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती…
काठमाडौं, १० मङ्सिर। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ… 



