लागुऔषधसहित तनहुँमा ३ पक्राउ

-



     सफल आवाज    
     कार्तिक २५ गते २०७७ मा प्रकाशित



पोखरा, २५ कात्तिक । लागु औषधसहित तनहुँ प्रहरीले ३ जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी ५ बस्ने २१ वर्षीय सन्तोष गुरुङ, ३० वर्षीय मनोज क्षेत्री र गोरखाको आरुपोखरीथोक घर भइ शुक्लागण्डकी २ बस्ने ३० वर्षीय रवि गुरुङ छन् ।

इलाका प्रहरी कार्यालय बेलचौताराको टोली सोमबार २ सय ८६ एम्पुल विभिन्न लागुऔषधसहित उनीहरुलाई शुक्लागण्डकी ४, कोत्रेमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले लागुऔषध डाइजापाम १ सय ४ थान, नुफिन ८९, फेनरागन ९३ गरी २ सय ८६ एम्पुल बरामद गरेको जनाएको छ ।

पक्राउ परेका सबैजनामाथि लागुऔषधअन्तर्गत मुद्दा दर्ता गरी घटनाको विषयमा थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

यस्तै, तनहुँ प्रहरीले सोमबार नै भरुवा बन्दूकसहित भिमाद २ बन्दीछापबाट स्थानीय ६० वर्षीय टुकबहादुर थापालाई पक्राउ गरेको छ । निज उपर हातहतियार मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।