
पोखरा, २५ कात्तिक । लामो समयदेखि बन्द रहेको पोखराको अल्ट्रालाइट सेवा ८ महिनापछि संचालनमा आउने भएको छ । प्याराग्लाइडिङले पोखराको आकाश ढाकिरहँदा अर्को साहसिक खेल अल्ट्रालाइट पनि बुधबारदेखि संचालनमा आउन लागेको हो ।
पोखरा अल्ट्रालाइट प्रालिका प्रबन्ध निर्देशक पोमनारायण श्रेष्ठका अनुसार आफ्नो कम्पनीले पोखरा एयरपोर्टबाट बुधबार बिहान पहिलो उडान भर्दैछ ।
पोखरामा हाल ४ वटा अल्ट्रालाइट कम्पनी संचालनमा छन् । अन्य ३ कम्पनीहरुले भने हाल उडानका लागि तयारी गरिसकेका छैनन् ।
फिस्टेलले अल्ट्रालाइट प्रालिका प्रबन्ध निर्देशक पारसराज गौतमले आफूहरुले पनि बिस्तारै उडान सुरु गर्ने बताए । उनले भने, ‘सहज परिस्थिति बनिसकेपछि उडान भर्नेछौं, त्यसको आवश्यक तयारीमा जुटिरहेका छौं ।’
पोखरामा सन् १९९६ सालमै पहिलो पटक एभिया क्लबले यहाँको आकाशमा अल्ट्रालाइट उडाएको हो । त्यस्तै हेली एयरले पनि पोखराको अर्को अल्ट्रालाइट कम्पनी हो ।
यो सेवा लिएर उड्दा कम्तीमा १५ मिनेटको ७ हजार रुपैयाँ खर्च लाग्छ । आगामी दिनमा प्याराग्लाइडिङमा झैं यात्रुको लागि छुट सुविधा दिइने कम्पनीहरुको योजना रहेको बताइएको छ ।
पोखराको मनोरम दृश्य अवलोकनका लागि नेपाली तुलनामा विशेषतः विदेशी पर्यटकको रोजाइ अल्ट्रालाइट बन्ने गरेको थियो ।
कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण त्यसको न्यूनीकरणको लागि भन्दै नेपाल सरकारले गत वर्ष चैत ११ देखि लकडाउन सुरु गरेपछि अल्ट्रालाइट पनि बन्द भएको थियो ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



