
काठमाडौं, २६ कात्तिक । नेपालको सबैभन्दा जेठो लघुवित्त निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको हालत खराब देखिएको छ । अन्य सूचकहरुको आधारमा पनि पहिलो नम्बरमा रहेको यस संस्थाको वित्तीय अवस्था खराब देखिएको छ ।
लघुवित्तले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा २७ करोड ९२ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २१ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। लघुवित्तको खुद ब्याज आम्दानी घटेसँगै सम्भावित जोखिम बापतको व्यवस्थामा उल्लेख्य रकम छुट्याएका कारण खुद नाफा ऋणात्मक हुन पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४५ करोड ८८ हजार रुपैयाँबाट घटेर ४३ करोड ८२ लाख रुपैयाँमा सीमित भएका छ। त्यसैगरी, गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ३४ करोड १७ लाख रुपैयाँ धनात्मक रहेको लघुवित्तको सञ्चालन मुनाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २७ करोड ९२ लाख रुपैयाँ ऋणात्मक भएको छ।
यसको निष्क्रिय कर्जा १.३० प्रतिशतबाट बढेर १२.८९ प्रतिशत पुगेसँगै लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा ५३ करोड ६३ लाख रुपैयाँ छुट्याउँदा सञ्चालन मुनाफा र खुद नाफा ऋणात्मक हुन पुगेको हो । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले यस्तो व्यवस्थाबापत ३ करोड २५ लाख रुपैयाँ छुट्याएको थियो ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



