भाइटीकाको भोलिपल्ट सार्वजनिक बिदा

-



     सफल आवाज    
     कार्तिक २६ गते २०७७ मा प्रकाशित



काठमाडौं, २६ कात्तिक । सरकारले भाइटीकाको भोलिपल्ट सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को कात्तिक २४ मा बसेको बैठकले किजा पूजाकाे अवसरमा मंसिर २ गते मंगलबारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

जस अनुसार नेपालका सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ-संस्था, शिक्षण संस्थाहरु समेतमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बूढाले जानकारी दिए । यस वर्षको भाइटीका मंसिर १ गते सोमबार परेको छ ।