
पोखरा , २६ कात्तिक । पोखरामा चार दिन अघि भएको हत्याको अभियोगमा कास्की प्रहरीले आरोपितलाई पक्राउ गरेको छ । पोखरा–६, बसुन्धरापार्कमा बसी कवाडीको सामान उठाउने काम गर्दै आएका करिब २५ वर्षीय कृष्ण चौधरीको कात्तिक २२ गते कुटपिटपछि हत्याको अभियोगमा सिन्धुलीाको सुनकोशी गाउँपालिका–१, कुशेश्वर दुम्जा घर भइ बसुन्धरापार्क बस्ने २३ वर्षीय प्रेम भनिने नन्दलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीले निज आरोपित श्रेष्ठलाई बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
घटना विवरण अनुसार कात्तिक २२ गते दिउँसो ४ बजे चौधरी र श्रेष्ठले ‘सौफी’ नामक रक्सी दुवैले आपसमा मिलेर खाएको र सोही समयमा चुरोट हराएको विषयमा झैझगडा हुँदा श्रेष्ठले चौधरीको टाउकोमा ढुंगाले हानेर गम्भीर घाइते बनाएका थिए । घाइते चौधरीको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारार्थ लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।
उनको मृत्युपछि घटनाको अनुसन्धानक्रममा खोजतलास गर्दै जाँदा श्रेष्ठको संलग्नता देखिएपछि फरार रहेका उनलाई प्रहरीले कात्तिक २५ गते दिउँसो ४ बजेतिर तनहुँ जिल्लाको आबुखैरेनी नगरपालिका २, माक्र्यु सडकखण्डबाट पक्राउ गरी पोखरा ल्याएको जनाएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले दिए । उनीविरुद्ध कर्तब्य ज्यान मुद्दामा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको डीएसपी हमालले बताए ।






पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती…
काठमाडौं, १० मङ्सिर। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ… 



