कोरोना कहरकाबीच नेपाल एग्रोले गर्यो प्रगति, खुद नाफा ४ गुणाले बढ्यो

-



     सफल आवाज    
     कार्तिक २७ गते २०७७ मा प्रकाशित



काठमाडौं, २७ कात्तिक । कोरोना कहरकाबीच नेपाल एग्रोले राम्रै प्रगति गरेको छ ।
कास्कीको पोखरा केन्द्रीय कार्यालय रहेको यस संस्थाले खुद नाफामात्रै ६१ लाख ५८ हजार रुपैयाँ भन्दा धेरै कमाएको छ ।

यो संस्था नयाँ संस्था हो । अन्य पुराना संस्थाहरुको समेत नाफा प्रभावित भइरहेका बेला यस संस्थाको प्रगति राम्रै देखिएको हो । अघिल्लो वर्षको पहिलो त्रैमासमा यस संस्थाले १५ लाख ४२ हजार रुपैयाँ मात्रै कमाएको थियो । गत वर्षको तुलनामा यस संस्थाले नाफा चार गुणाले बढाएको हो ।