
काठमाडौं, २७ कात्तिक । प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा ८५ करोड १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५।२५ प्रतिशत बढी हो ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६२ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी, फि, कमिशन तथा डिस्काउण्ट आय बढेसँगै अन्य सञ्चालन आम्दानीहरु पनि बढेका कारण खुद नाफा बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १७ करोड ५६ लाख रुपैयाँ रहेको छ।
यसअवधिमा बैंकको खुद ब्याज आम्दानी २०।४१ प्रतिशत बढेर १ अर्ब ६९ करोड ३९ लाख रुपैयाँ पुगेको छ भने खुद फि, कमिशन तथा डिस्काउण्ट आय ३०।७८ प्रतिशत बढेर ३१ करोड ५० लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ४०।४९ प्रतिशत बढेर १ अर्ब २५ करोड १७ लाख रुपैयाँ पुगेको छ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



