सुनको मूल्य ताेलामा २०० रुपैयाँ घट्यो

-



     सफल आवाज    
     कार्तिक २७ गते २०७७ मा प्रकाशित



काठमाडौं, २७ कात्तिक । आज सुनको मूल्यमा थोरै गिरावट भएको छ । बुधबार प्रतितोला ९४ हजार ९०० मा कारोबार भएको छापावाला सुन आज तोलामा २०० रुपैयाँ घटेर ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला २०० रुपैयाँ घटेर ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छ । आज चाँदी प्रतितोला १ हजार २२० रुपैयाँमा कारोबार भएको छ ।

महासंघका अनुसार आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८१ हजार १९० मा कारोबार भएको छ । तेजाबी सुन प्रतितोला ८० हजार ७६० रुपैयाँमा कारोबार भएको छ । चाँदी प्रति १० ग्राम तोलाको १ हजार ४६ मा कारोबार भएको छ ।