
काठमाडौं, २७ कात्तिक । एनआईसी एशिया बैंकको २३ औं साधारण सभा मंसिर २१ गते हुने भएको छ । साधारण सभा बैंकको रजिष्टर्ड कार्यालय, थापाथलीमा बिहान ९ वजे बोलाईएको हो । सभामा बैंकले २० प्रतिशत लाभांंश वितरणको प्रस्ताव गर्नेछ ।
कात्तिक २६ गते बसेको संचालक समितिको बैठकले साधारण सभा मंसिर २१ मा बोलाउने निर्णय गरेको थियाे । बैंकले मंसिर १० देखि २१ गतेसम्म बुक क्लोज गर्ने बताएको छ ।
बैंकले आर्थिक वर्ष २०७६- २०७७ बाट १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । १९ प्रतिशतले हुन आउने १ अर्ब ८४ करोड ६३ लाख बराबरको बोनस शेयर र १ प्रतिशतले हुन आउने १ करोड ७२ लाख बराबरको नगद लाभांश गरी कुल १ अर्ब ९४ करोड ३५ लाख लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ ।
साधारण सभाले पारित गरेपछि प्रस्तावित लाभांश वितरण हुने बताइको छ ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



