स्ट्याण्डर्ड चार्टर्ड र सेञ्चुरीले बढाउन सकेनन् मूनाफा, अधिकांश सूचक गिरावट

-



     सफल आवाज    
     कार्तिक २८ गते २०७७ मा प्रकाशित



काठमाडौं, २८ कात्तिक । विदेशी लगानीको स्टाण्डर्ड चार्टड बैंक र सेञ्चुरी कमर्शीयल बैंकको नाफा घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यि बैंकहरूकाे नाफा घटेकाे हाे ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले पहिलो त्रैमासको अन्त्यसम्ममा ४० करोड १३ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४ करोड २७ लाख रुपैयाँ अर्थात ३७।६८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६४ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी, फि, कमिशन तथा डिस्काउण्ट र अन्य सञ्चालन आम्दानी घटेका कारण खुद नाफा घट्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ३४ करोड ८८ लाख ३८ हजार रुपैयाँ रहेको छ।

बैंकको खुद ब्याज आम्दानी ३१ करोड ४५ लाख रुपैयाँ घटेर ६० करोड १६ लाख रुपैयाँमा सीमित भएको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा ३५ करोड १९ लाख रुपैयाँ घटेर ५८ करोड ३ लाख रुपैयाँमा सीमित भएको छ।

यसैगरी सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले २२ करोड २ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ करोड ५ लाख रुपैयाँ कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३७ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै खुद नाफा घट्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ११ करोड ६१ लाख ६१ हजार रुपैयाँ ऋणात्मक रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११ करोड २० लाख रुपैयाँ घटेर ६६ करोड ८४ लाख रुपैयाँमा सीमित भएको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा २१ करोड ३५ लाख रुपैयाँ घटेर ३० करोड ७६ लाख रुपैयाँमा झरेको छ।

८ अर्ब ४१ करोड ५४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब ८९ करोड ४० लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा ५६ करोड ५९ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको जगेडा कोषमा १ अर्ब ५३ करोड र रिटेन्ड अर्निङ्गमा ६८ करोड २१ लाख रुपैयाँ थियो।