पोखरामा कोरोना संक्रमित महिलाको मृत्यु

-



     सफल आवाज    
     कार्तिक २८ गते २०७७ मा प्रकाशित



पोखरा, २८ कात्तिक । पोखरामा गएराति एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा १४ की ६७ वर्षीया महिलाको शुक्रबार राति २ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा उपचारक्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

कोरोना संक्रमित भई गत कात्तिक २१ मा अस्पताल भर्ना भएकी ती महिलामा निमोनिया, उच्च रक्तचापको समस्या रहेको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले विज्ञप्तिमार्फत जनाए ।

गण्डकीमा यो सहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय १५ पुगेको छ ।
हालसम्म प्रदेशमा संक्रमितको संख्या ९ हजार ९ सय ३ पुगेको छ । तीमध्ये निको हुने ४ हजार ९ सय७९ जना छन् । संक्रमितमध्ये अधिकांश होम आइसोलेसनमै बसेका छन् ।