मुख्यमन्त्री गुरुङद्वारा तिहारको शुभकामना

-



     सफल आवाज    
     कार्तिक २८ गते २०७७ मा प्रकाशित



गण्डकी, २८ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालीकाे दाेस्राे ठूलाे चाड तिहारकाे अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

मुख्यमन्त्री गुरुङले एक शुभकामना सन्देश जारी गर्दै काेराेना भाइरसकाे संक्रमणकाे समय भएकाेले सुरक्षित भएर पर्व मनाउन अनुराेध गरेका छन् । सरकारले जारी गरेका स्वास्थ्य सुरक्षाका मापदण्डकाे पालना गरेर मनाउन उनले आग्रह गरेका छन् ।