
कपिलबस्तु, २९ कात्तिक । कपिलवस्तुमा रहेका भगवान् गौतम बुद्धसँग सम्बन्धित पुरातात्विक स्थलहरुलाई समेटेर गुरुयोजना निर्माण हुने भएको छ ।
प्रदेशको महत्वपूर्ण पर्यटकीय सम्पदाका रूपमा लिइँदै आएको राजा शुद्धोदनको दरबार तिलौराकोट, हजारौँ शाक्यको सामूहिक बधस्थल सगरहवा, बुद्धले पहिलो पटक भिक्षुलाई सम्बोधन गरेको कुदान, कनकमुनि बुद्धको जन्मथलो निग्लिहवा, क्रकुच्छन्द बुद्धको जन्मथलो गोटिहवा र बौद्धकालीन स्तूप भेटिएको अरौराकोटसहितका सात मुख्य बौद्धस्थललाई समेटेर दीर्घकालीन गुरुयोजना निर्माण गर्न लागिएको छ ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु अवधेशकुमार त्रिपाठीका अनुसार बृहत्तर लुम्बिनी क्षेत्र बौद्ध परिपथको योजना तथा लुम्बिनी, कपिलवस्तु र रामग्रामभित्रका सबै बौद्ध सम्पदालाई एउटै खाकामा राख्ने योजना रहेको बताए। “तिलौराकोटलाई केन्द्रमा राखी गुरुयोजना निर्माण गरिनेछ”, उनले भने, “नयाँ अध्ययनअनुसार तिलौराकोट क्षेत्रमा नेपालको सबैभन्दा पुरानो सभ्यता फेला परेको छ ।” विज्ञका अनुसार बुद्धभन्दा १६ सय वर्षअगाडिको सभ्यता देखिएको छ । “जुन एसियामै तक्षशिला र गान्धार क्षेत्रसँग तुलना गर्न सकिन्छ”, उनले भने “संरचनालाई दीर्घकालीन संरक्षणको प्राथमिकता दिने गरी योजना बनाइनेछ, करीब ६ महिनाभित्र गुरुयोजनाको खाका निर्माण गरिनेछ ।”
लुम्बिनी आउने पर्यटकलाई तिलौराकोटसम्म पुर्याउने लक्ष्यसमेत राखिएको छ । पर्यटक घुम्नका लागि बाटो, बसपार्क, आराम गर्ने ठाउँ, स्थानीय सामग्री किनमेलका गर्ने स्थलसमेत निर्माण गरिने योजना छ । कपिलवस्तु तथा बौद्धकालीन इतिहास सिक्ने थलोका रूपमा समेत यसलाई विकास गरिनेछ । गुरुयोजनाका लागि विज्ञले एक वर्षअगाडि देखि काम भइरहेको लुम्बिनी विकास कोषले जनाएको छ ।
जग्गा अधिग्रहणसहित मुख्य संरचना निर्माणका लागि १६ अर्ब लाग्ने अनुमान गरिएको छ । गुरुयोजना निर्माणका लागि पुरातत्वविज्ञ डा सञ्जय उप्रेतीले काम गर्दै आउनुभएको छ । उप्रेतीले रामग्रामको गुरुयोजनासमेत निर्माण गरेकाे राससले लेखेकाे छ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



