
पोखरा चिप्लेढुंगामा तिहारको लागि माला खरिद गर्दै ग्राहक ।
पोखरा, ३० कात्तिक । पोखराको अघिल्लो दिन पोखराको व्यापारिक केन्द्र चिप्लेढुंगामा फूलको कारोबार भइरहेको छ । तर अघिल्लो वर्षजसो मानिसको भीडभाड छैन । कोरोना प्रभावका कारण ग्राहक विगतमा जस्तो आएका छैनन् भने माग कम हुँदा कारोबारसमेत घटेको छ । त्यसैले होला जिल्ला बाहिरबाट आयात गर्नु नपर्ने गरी स्थानीय उत्पादनले थेप्ने व्यापारीहरु बताउँछन् ।
गोरखाका शंकर गुरुङले पुष्प व्यवसायी हुन् । उनले पोखरामा चार वर्षदेखि लगातार पूmल उत्पादन र बिक्री वितरण गर्दै आएका छन् । पोखराको भद्रकालीमा केबलकार मनकामना नर्सरी चलाएका छन् । गत वर्ष ६० हजारको कारोबार गरेका उनले यसपालि बढाएर कोरोना कहरकै बीच डेढ लाखको उत्पादन गरे । उनी भन्छन्, ‘कास्की उत्पादित फूलले यसपालि यहाँको माग थेप्ने देखिन्छ । किनकि कोरोनाको प्रभाव पनि छ, विगतमा जस्तो मानिसहरुको फूल खरिदका लागि घुइँचो छैन ।’ छिमेकी जिल्लाहरु धादिङ, चितवन लगायत तथा भारतबाट समेत विगतमा पूmल आयात हुने गर्दथ्यो । तर यसपालि फूल आएन । त्यसकारण पनि गत वर्षभन्दा यसपालि फूलको मालाको मूल्य केही बढेको पाइन्छ ।
गत वर्ष एक डेढ सय रुपैयाँमै सयपत्रीको माला पाइने गरेकोमा अहिले बढेर ३ सय रुपैयाँसम्ममा व्यवसायीले माला बेचिरहेका छन् ।
तिहारमा दाजुभाइलाई पहि¥याइदिन माला खरिद गर्न आएकी पोखरा–१ बगरकी हीरा पुनले पहिलेभन्दा मूल्य बढेको अनुभव गरिन् । उनले भनिन्, ‘चार वटासम्म माला किन्न आएको, एक हजार रुपैयाँ प¥यो । अहिले तिहार महँगिने भो ।’
पोखरामै लामो समयदेखि तिहारको सिजनमा फूलको माला बेच्दै आएकी मीठु भण्डारीले अहिले खरिदमै महँगो परेको बताउँछिन् । हामीहरुले नै २ सय ५० रुपैयाँ हालेर ल्याउने हो, अलि अलि नाफा राख्नु प¥यो । अहिले बाहिरबाट नआउँदा महँगो हुन गएको हो । ४० हजार रुपैयाँको फूल खरिद गरेर ल्याएको दुई दिनमा सकियो ।’
यसैबीच, फ्लोरिकल्चर एशोसिएसन अफ नेपाल कास्कीका अध्यक्ष सीतामाया रानाले यस पटक लोकल फूल सुकिसकेको र पहिलेजस्तो यस वर्ष भारतबाट आएन । त्यसकारण पनि केही महँगो परेको बताउँछिन् ।

त्यस्तै, संस्थाका पूर्व अध्यक्ष दयाकुमार द्वाले अवसरवादी व्यापारिहरुले आफूखुसी फूलको मूल्य बढाएको आरोप लगाउँछन् । उनले भने, ‘मैले आफ्नो नर्सरीबाट उत्पादित फूल विगतकै मूल्यमा बेचें तर सडकमा सिजनेवल व्यापार गर्नेहरुले आफूखुसी मूल्य तोक्दा ग्राहकले महँगो मूल्य चुकाउनु परेको हो ।’ लामो समयदेखि यसै व्यवसायमा आबद्ध उनले पोखराको सिद्धार्थचोकमा गोल्डेन नर्सरी चलाउँदै आएछन् । ‘सयपत्रीको एउटा थुँगाको बढीमा ५ रुपैयाँ परेमा एउटा मालालाई आवश्यक २५/३० थुँगा प¥यो भने बढीमा डेढ भन्दा बढी मालाको मूल्य पर्दैन,’ उनले भने, ‘तैपनि अवसरवादी व्यवसायले कोरोनाको प्रभाव र बाहिरबाट फूल नआएको भन्दै बढी नाफा खान खोजिरहेका हुन सक्छन् ।’
फ्लोरिकल्चर एशोसिएसन अफ नेपाल कास्कीमा हाल ३६ नर्सरी संचालक आबद्ध छन् । त्यसबाहेक संस्थामा दर्ता नै नगरी नर्सरी चलाउनेहरु पनि कतिपय छन् ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



