बिद्युत बिक्री कम भएपछि यूनाइटेड मोदी हाइड्रोपावरको खुद नाफा घट्यो

-



     सफल आवाज    
     कार्तिक ३० गते २०७७ मा प्रकाशित



काठमाडौं, ३० कात्तिक । विद्युत बिक्रीमा कमी भएपछि यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको खुद नाफा ३१.१७ प्रतिशतले घटेको छ ।

यस आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ३ करोड ५९ लाख खुद नाफा कमाएको छ । अघिल्लो वर्षको भन्दा कम्पनीले १ करोड ६२ लाख रुपैयाँ कम नाफा कमाएको हो । गएको वर्ष कम्पनीको खुद नाफा ५ करोड २२ लाख रहेको थियो ।

यूनाइटेड मोदी हाइड्रोले यो पटक ८ करोड ८९ लाख रुपौयाँको विद्युत बिक्री गरेको । उक्त आम्दानी गएको वर्षको भन्दा १४.५२ प्रतिशतले कम हो । १० करोड ५४ लाख सञ्चयन गरेको कम्पनीकाे चुक्ता पूँजी १ अर्ब १५ करोड रहेको छ ।

प्रतिशेयर कुल मूल्य १०९ रुपैयाँ ५२ पैपा रहेको कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ १२ पैसा रहेको छ ।