प्रभु इन्स्योरेन्सकाे नाफा ५ करोड ६३ लाख ६२ हजार

-



     सफल आवाज    
     मंसिर २ गते २०७७ मा प्रकाशित



काठमाडौं, २ मङ्सिर । प्रभु इन्स्योरेन्स कम्पनीले यस आर्थिक वर्षको पहिलो त्रैमाससम्म ३७.३४ प्रतिशत नाफा गरेकाे छ । नाफा बढेर कम्पनीको ५ करोड ६३ लाख ६२ हजार पुगेको छ । गएको वर्ष यही अवधिमा इन्स्योरेन्सले जम्मा ४ करोड १० लाख ३८ कमाएको थियो । प्रभु इन्स्योरेन्सको बीमा शुल्क र कोषको रकम वृद्धिले नाफा बढेको बताईएको छ ।

असोज महिनासम्मको कम्पनीको खुद बीमा शुल्क ३१.२० प्रतिशतले बढेको छ । शुल्क बढ्दा रकम २२ करोड २९ लाख ४ हजार भएको छ । गएको वर्ष यही अवधिमा कम्पनीले १६ करोड ९८ लाख ९१ हजार खुद बीमा शुल्क पुर्याएको थियो ।

प्रभु इन्स्योरेन्सको बीमा कोषमा हाल ७० करोड ५७ लाख ६० हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष रकम ५८ करोड ६१ लख ९७ हजार रहेको थियो । असोज महिनासम्म कम्पनीले ९ करोड ३९ लाख ५८ हजार दाबी भुक्तानी गरेको छ भने १३ करोड ३३ लाख ६ हजार रुपैयाँ भुक्तान गर्न बाँकि रहेको छ । प्रभु इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ५ रुपैयाँ हुँदा प्रतिशेयर कुल मूल्य १९८ रुपैया रहेको छ ।