
काठमाडौं, २ मंसिर । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको नाफा अघिल्लो वर्षको भन्दा १५.१४ प्रतिशतले घटे पनि बीमा कोष २८.३३ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले यस आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड १७ लाख ९२ हजार खुद नाफा आर्जन गरेको छ । गएको वर्ष कम्पनीले ६ करोड १० लाख ३५ हजार आर्जन गरेको थियो ।
राष्ट्रिय बीमा कम्पनीको कोष भने वृद्धि भएको छ । कोष २८.३३ प्रतिशतले वृद्धि भएको हो । १ अर्ब ७७ करोड ३४ लाख ९६ हजारबाट बढेर २ अर्ब २७ करोड ५९ लाख १२ हजार भएको छ । कम्पनीले बीमा शुल्कबाट ५ करोड ९९ लाख ५४ हजार आर्जन गरेको छ । गएको वर्ष खुद बीमा शुल्क ८ करोड ३१ हजार कमाएको थियो ।
दुई अर्ब ९९ करोड ४२ लाख ४३ हजार जगेडा कोषमा रहेको कम्पनीको चुक्ता पूँजी २६ करोड ६६ लाख ३९ हजार रहेको छ । प्रतिशेयर कुल मूल्य १ हजार २२२ रुपैयाँ ९६ पैसा रहेको कम्पनीको प्रतिशेयर वार्षिक आम्दानी ७७ रुपैयाँ ७० पैसा रहेको छ ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



