२७ बैंकले ३ महिनामा कमाए १४ अर्ब ७६ करोड, कुनले कति कमाए ? (सूची सहित)

-



     सफल आवाज    
     मंसिर ३ गते २०७७ मा प्रकाशित



काठमाडौं, ३ मंसिर । चालु आर्थिक वर्ष २०७७।७८ को पहिलो त्रैमासमा सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले १४ अर्ब ७६ करोड रुपैयाँ खुद मूनाफा कमाएका छन् । तर यो मूनाफा अघिल्लो आर्थिक वर्ष २०७६।७७ को पहिलो त्रैमासको भन्दा धेरै कम हो ।

अघिल्लो आर्थिक वर्षको यहि अवधीमा तत्कालिन अवस्थामा रहेका २८ वाणिज्य बैंकहरुले १५ अर्ब ५५ करोड रुपैयाँ भन्दा धेरै मूनाफा कमाएका थिए । त्यतिबेला फरक रहेका ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाल मिलेर एक भएका छन् ।

अब हेरौं मुनाफामा कुन बैंकको कस्तो प्रगति रह्योः

बैंकको नामचालु आर्थिक वर्ष (पहिलो त्रैमास)गत आर्थिक वर्ष (पहिलो त्रैमास)
ग्लोबल आइएमई बैंक१ अर्ब ६ करोड७५ करोड
नविल बैंक१ अर्ब ३ करोड१ अर्ब १२ करोड
एनआइसी एसिया बैंक१ अर्ब २ करोड१ अर्ब ९६ लाख
प्राइम कमर्सियल बैंक१ अर्ब २ करोड६६ करोड
प्रभु बैंक८५ करोड६२ करोड ८४ लाख
राष्ट्रिय वाणिज्य बैंक८२ करोड ९२ लाख१ अर्ब १२ करोड
एनएमबि बैंक७३ करोड २९ लाख२७ करोड २८ लाख
इन्भेष्टमेन्ट बैंक६२ करोड ३८ लाख८४ करोड ४४ लाख
मेगा बैंक६० करोड ७९ लाख४३ करोड ७४ लाख
कुमारी बैंक६० करोड २५ लाख४० करोड १९ लाख
नेपाल बंगलादेश बैंक५७ करोड ११ लाख४० करोड २५ लाख
नेपाल बैंक५५ करोड ४ लाख५८ करोड १८ लाख
हिमालयन बैंक५१ करोड ९९ लाख९९ करोड १७ लाख
सिटिजन्स बैंक५१ करोड ५५ लाख३४ करोड ९१ लाख
सिद्धार्थ बैंक५० करोड ६ लाख५२ करोड १४ लाख
कृषि विकास बैंक४६ करोड १४ लाख५९ करोड ९० लाख
स्टान्डर्ड चार्टड बैंक४० करोड १३ लाख६४ करोड ४१ लख
सनराइज बैंक३८ करोड २९ लाख४५ करोड ४३ लाख
सानिमा बैंक३७ करोड ३२ लाख५९ करोड ३६ लाख
माछापुच्छ्रे बैंक३६ करोड ९ लाख३७ करोड ६० लाख
एभरेष्ट बैंक३३ करोड ४७ लाख६९ करोड ८ लाख
एनसिसी बैंक३३ करोड ४५ लाख३४ करोड ३ लाख
लक्ष्मी बैंक३१ करोड २३ लाख४० करोड १९ लाख
बैंक अफ काठमाण्डु२४ करोड १४ लाख३८ करोड ३७ लाख
सेन्चुरी  कमर्सियल बैंक२२ करोड २ लाख३७ करोड ८ लाख
एसबिआई बैंक२० करोड ५ लाख४३ करोड ७२ लाख
सिभिल बैंक९ करोड ६६ लाख१५ करोड ८९ लाख