
काठमाडौं, ३ मंसिर । युनाईटेड इदी मर्दी हाइड्रोपावरको सर्वसाधारणका लागि शेयर आजबाट खुला गरिएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार कम्पनीले कात्तिक २७ गतेदेखि बिक्री खुला गर्ने भनिएको मिति सारेर मंसिर ३ गतेदेखि बिक्री खुला गर्ने मिति तोकेअनुसार आजबाट खुला गरेकाे हाे ।
कम्पनीले आयोजना प्रभावितहरुको लागि छुट्याएको बिक्री नभएको शेयरलाई पनि थपेर जम्मा ८ लाख ७३ हजार ९१० कित्ता शेयर खुला गरेको हो । आयोजना प्रभावितका लागि निश्कासन गरिएको यसअघिको ४ लाख २० हजार कित्तामध्ये बिक्री नभएर बाँकी रहेको २ लाख ४३ हजार ९१० कित्तासहित ८ लाख ७३ हजार ९१० खुला गरेको हो ।
कम्पनीले जारी गरेको ४३ हजार ६९६ कित्ता म्यूचुअल फण्डको लागि बाँडिएको छ । कर्मचारीका लागि १७ हजार ४७८ कित्ता शेयर छुट्याईएको छ भने सर्वसाधारणले ८ लाख १२ हजार ७३६ कित्ता शेयरका लागि आवेदन गर्न सक्ने भएका छन् ।
प्रतिकित्ता १०० रुपैयाँका दरले घटिमा १० र बढीमा १० हजार कित्तासम्म आवेदन गर्न सकिने भएको छ । युनाईटेड इदी-मर्दी हाइड्रोपावरको शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल तोकिएको छ । कम्पनीले कास्कीको ल्वाङघलेलमा ७ मेगावाट अपर मर्दीखोला हाइड्रोपावर आयोजनाको काम गरिरहेको छ ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



