एलआइसीको खुद नाफा ५ करोड ७९ लाख २६ हजार

-



     सफल आवाज    
     मंसिर ३ गते २०७७ मा प्रकाशित



काठमाडौं, ३ मंसिर । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपालको नाफा यस वर्ष १४४.६४ प्रतिशतले बढेको छ । गएको वर्ष २ करोड ३६ लाख ७८ हजार रुपैयाँ नाफा कमाएको एलआइसीले यस वर्षको पहिलो त्रैमासमा ५ करोड ७९ लाख २६ हजार खुद नाफा कमाएको छ । असोज महिनाको अन्त्य सम्ममा बीमा शुल्क तथा बीमा कोषको रकम बढेकोले इन्स्योरेन्सको खुद नाफा पनि बढेको हो ।

एलआइसीको बीमा शुल्क २०.४१ प्रतिशतले बढ्दा उक्त रकम ५ अर्ब ३ करोड ३१ लाख ३२ हजार भएको छ । गएको वर्ष यही समयको आँकडा ४ अर्ब १७ करोड ९७ लाख २१ हजार रहेको थियो । साथै एक वर्षमा बीमा कोषको रकम २२.३७ प्रतिशतले बढेको पाईएको छ । यसरी बढेको रकम ७० अर्ब ७३ करोड ७१ लख ९४ हजार रुपैयाँ रहेको छ । गएको वर्षमा रकमको आकार ५७ अर्ब ८० करोड ४२ लाख ८९ हजार थियो ।

प्रतिशेयर कुल मूल्य १४० रुपैयाँ ४३ पैसा रहेको एलआइसी नेपालको वार्षिक प्रतिशेयर आम्दानी २ रुपैयाँ ८८ पैसा रहेको छ । यस अवधिमा एलआइसी नेपालको जगेडा कोषमा ५७ करोड ६२ लाख ६२ हजार रुपैयाँ रहेको छ भने चुक्ता पूँजी २ अर्ब १ करोड रहेको छ । २ अर्ब ७५ करोड ३० लाख ४९ हजार दाबी भुक्तानी गरेको छ । २१ करोड १३ लाख ८९ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।