
काठमाडौं, ४ मंसिर । सरकारले संचारगृहको नवीकरण सुविधा प्रदेश हुलाक कार्यालयबाटै दिनेगरी तयारी गरेको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले संचारगृहको नवीकरण प्रदेशको हुलाक कार्यालयबाट गर्ने तयारी थालेपछि काठमाडौं गएर नवीकरण गर्नुपर्ने बाध्यता हट्ने भएको छ ।
संचारमन्त्री पार्वत गुरुङका प्रेस सल्लाहकार सन्तोष खड्काले प्रदेश हुलाक कार्यालयबाट संचारगृहको नवीकरण गर्ने मन्त्रीस्तरीय निर्णय योजना रहेको बताएका छन् । यसका लागि मन्त्री गुरुङले मन्त्रालय मातहतका निकायसंग सल्लाह गर्ने क्रममा रहेको उनले बताए ।
मन्त्रालय अन्तर्गत नेपाल दूर संचार प्राधिकरण, नेपाल दूर संचार कम्पनी, राष्ट्रिय सूचना आयोग, प्रेस काउन्सिल नेपाल, राष्ट्रिय समाचार समिति, गोरखापत्र संस्थान, नेपाल टेलिभिजन, रेडियो प्रसार सेवा समिति, चलचित्र विकास बोर्ड, सुरक्षण मुद्रण विकास समिति, राष्ट्रिय सूचना प्रविधि केन्द्र लगायत रहेका छन् ।
सबै निकायहरुलाइ उनीहरुको कार्ययोजना, कार्यक्रम, कार्यप्रगति, नीति तथा कार्यक्रम र बजेट लगायतका विषयमान लिखित प्रतिवेदन मागिएको थियो ।






पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती…
काठमाडौं, १० मङ्सिर। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ… 



