हालसम्मकै ठूलो आईपीओ ल्याउने प्रस्ताव इन्फ्रास्ट्रक्चर बैंकले गर्यो पारित

-



     सफल आवाज    
     मंसिर ४ गते २०७७ मा प्रकाशित



काठमाडौं, ४ मंसिर । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको वार्षिक साधारणसभाले ८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।

उक्त प्रस्ताव पारित भएसँगै आइपिओ निष्कासन गर्न बाटो खुलेको हो । यो आर्थिक वर्षभित्र नेपालकै एकमात्र पूर्वाधार विकास बैंकको रुपमा स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको अहिलेसम्मकै ठूलो रकम बराबरको आइपिओ आउने निश्चित भएको हो ।